Logo
१३ बैशाख २०८१, बिहीबार
(June 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाले लगायो इरानमाथि तेल ट्याङ्करमाथि आक्रमणको आरोप

गल्फको ओमानमा दुईवटा तेल ट्यांकर पुरैध्वस्त हुने गरीे शंकास्पद आक्रमण भएको छ जसमा इरानको ठूलो हात रहेको अमेरिकाले आरोप लगाएको छ । त्यसको प्रतिउत्तरमा इरानले सो आक्रमणमा हात नरहेको स्पष्टी दिएको छ । निकै व्यस्त तेल निर्यात मार्ग नजिकै रहेका दुईवटा तेल ट्याङ्ककरमाथि बिहीबार हमला भएको थियो ।

अमेरिकाले सो हमलाको दाबी गरिरहँदा पनि इरान आफ्नो जवाबमा अडिक रहेको छ । अमेरिकाले सो हमलाको एउटा भिडियो फूटेज पनि सार्वजनिक गर्दै इरानमाथि हमलाको जिम्मेवार इरान भएको जिकिर कायम राखेको छ ।

उक्त भिडियो फुटेजमा देखिएका व्यक्तिहरु इरानी रिभोलुस्नरी गार्डका सदस्यहरु भएको अमेरिकी सेनाका प्रवक्ताले शंका गरेका छन् । ‘अमेरिकी सेन्ट्रल कमान्डले भिडियो मात्रै सार्वजनिक गरेको छैन, घटनाको तयारीको योजनासमेत सार्वजनिक गरेको छ’ अमेरिकी सैनिक प्रवक्तालाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रतिबन्धको घोषणा गरेसगै मध्यपूर्वमा अमेरिका इरानबीचको तनाव दिनदिनै बढ्दो गएको हो । हमलापश्चात् अमेरिकाले कुनै पनि किसिमका आतंकवादी गतिविधि नसहने भन्दै त्यसको जवाफ छिट्टै दिने बताएको छ ।

तेल ट्याङ्ककरमाथि भएको हमलापछि तेलको अन्तराष्ट्रिय मुल्यमा वृद्धी हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: Jun 14, 2019

प्रतिक्रिया दिनुहोस्