Logo
१३ बैशाख २०८१, बिहीबार
(June 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपचारको क्रममा बिरामीको मृत्यु हुँदा ओम अस्पतालमा तनाव उत्पन्न

काठमाडौँ : पित्तथैलीमा भएको पत्थरीको उपचार गर्ने क्रममा बिरामीको मृत्यु भएपछि चावहिलको ओम अस्पतालमा तनाव उत्पन्न भएको छ । ५० वर्षीया रामप्यारी थापामगरको पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएको हो । उनको गत शुक्रबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया गरेको दुई दिन अर्थात गएको आईतबार सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर रामप्यारीको मृत्यु भएको उनका आफन्तहरुले बताएका छन् ।

मृतकका ज्वाई खड्ग श्रेष्ठको बयान : दिदीलाई बिहाबार पेट दुख्यो भनेपछि ओम अस्पतालमा स्वास्थ्य परीक्षणको लागि ल्याइएको थियो । अस्पतालको रिपोर्टले पत्थरी भएको देखायो ।

शुक्रबार नै शल्यक्रिया गर्नुपर्छ भन्ने अस्पतालको सल्लाह पछि गएको शुक्रबार जेठ २४ गते शल्यक्रिया गरियो । त्यसपछि स्वास्थ्यमा सुधार आउनुको सट्टा शनिबार रामप्यारीको ब्लड पेसर लो हुने उनलाई शास फेर्न गाह्रो हुने समस्या भयो । त्यसपछि अस्पतालले सबै स्वास्थ्य परीक्षण गरियो र आइतबार सिटी स्क्यान सम्म गरियो । सिटी स्क्यानबाट पनि समस्या पत्ता नलागे पछि भिडियो एक्स(रे बाट निमुनिया होकी भन्ने आशंका भयो । निमोनिया भएको भए निको हुन्छ भन्ने सोचमा हामी थियौँ ।

पछि डाक्टरले आफन्तहरुलाई भित्र बोलाएर आन्द्रामा इन्जुरी रैछ भन्ने कुरा गरे अर्थात पत्थरीको शल्यक्रिया गरेको समयमा सानो आन्द्रा छेडे पनि नटाली पेटमा टाका लगाएको रैछ । तुरुन्त शल्यक्रिया गर्नुपर्छ भनेपछि आईतबार फेरि शल्यक्रिया गरियो । शल्यक्रिया सकेपछि डा.रविन कोइरालाले डेढ मिटरभन्दा बढी आन्द्रा काम नलाग्ने भएको रैछ त्यो आन्द्रा मैले काटेर फालिदिए भने । अहिले आन्द्रा नपुगेको कारणले बिरामीको आन्द्रा जोड्ने समय पनि पाईन मलद्धारमा जाने आन्द्रा मैले पेटबाट बाहिर निकाली दिएको छु डा.कोइरालाले हामीलार्ई भने । त्यसलगतै आईतबारनै बिरामीलाई भेन्टिलेटरमा लगियो ।

सोमबार पनि अलि ठिक हुँदैछ ।  मंगलबार अलि स्वास्थ्यमा समस्या आयो भनेर भन्दा भन्दै आज बिहान ७ बज्न २ देखि ३ मिनेट बाँकी हुँदा बिरामीको मृत्यु भयो । उपचार गर्न ल्याएको रामप्यारीको यसरी निधन भएपछि अहिले ओम अस्पतालमा आफन्तको घुँईचो लागेको छ । अस्पताल परिसरमा प्रहरी खटाइएको छ ।

प्रकाशित मिति: Jun 13, 2019

प्रतिक्रिया दिनुहोस्