Logo
१३ बैशाख २०८१, बिहीबार
(June 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधानको व्यवस्थाअनुसार कर्मचारी भर्ना प्रक्रिया पुन: सुरु गर्नुपर्छ : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन संविधानको मर्मअनुसार नभएको भन्दै रद्द गर्न निर्देशन दिएका छन् । कांग्रेसले उक्त निर्देशन सगैँ स्थानीय तहमा ९ हजार १६१ कर्मचारी माग गरेका छन् । तर करारमा कर्मचारी नियुक्ति गर्न नहुने भन्दै संविधानको व्यवस्थाअनुसार लोकसेवाले कर्मचारी भर्ना प्रक्रिया पुनः अगाडि बढाउनुपर्ने बताएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समितिको निर्देशनमा कांग्रेसको समर्थन रहेको बताएका छन् । तर करारमा कर्मचारी भर्ना गर्न नहुने प्रवक्ता शर्माले बताए ।

संविधानको व्यवस्थाअनुसार कर्मचारी भर्ना प्रक्रिया पुन सुरु गर्नुपर्ने र आवेदकहरुले प्रतिस्पर्धा गर्न पाउनुपर्ने उनले बताए ।

प्रकाशित मिति: Jun 13, 2019

प्रतिक्रिया दिनुहोस्