Logo
१५ चैत्र २०८०, बिहीबार
(June 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाई कुन बार जन्मिनुभएको हो ? जान्नुहोस् जन्मबारअनुसार आफ्नो स्वभाव

हाम्रो नेपाली समाजमा युगौँदेखि विभिन्न मान्यता चलिआएको छ र चल्दै रहनेछ । यसमा कसैको दुई मत नरहला । अझ आफ्नो जन्मेको मिति तथा बारसम्बन्ध मान्यतामा विश्वास नगर्ने त सायदै कम होलान् । वास्तवमा भन्नुपर्दा बारअनुसार व्यक्तिको स्वभाव निर्धारण गर्ने कुरा साँचो नै रहिआएको छ ।

ज्योतिषशास्त्रमा जन्म दिनको विशेष महत्व रहने गर्छ । जन्म दिनको स्वामी ग्रहकाअनुसार व्यक्तिको स्वभावबारे थाहा पाउन सकिन्छ । तसर्थ आज हामी मानिस जन्मेको बारअनुसार कुन बार जन्मेका व्यक्ति कस्तो स्वभावको हुन्छ भनी चर्चा गर्नेछौँ, ल हेर्नुहोस् :

आइतबार :
यो दिन जन्मिने बच्चा प्राय बिरामी रहने गर्छन् । यद्यपि उसले जीवनमा धेरै नाम कमाउनुका साथै यश पनि प्राप्त गर्ने देखिएको छ । यो दिन जन्मिएको बच्चाले पारिवारिक जीवनमा विशेष ध्यान दिनेछ ।

सोमबार :
यो दिन जन्मिने व्यक्ति अति नै मूडी स्वभावका हुन्छन् । प्राय यस्ता व्यक्तिको भागय बिहेपछि चम्किने गरेको पाइन्छ । तसर्थ यस दिन जन्मिने व्यक्तिले सधैँ आफ्नो सम्बन्धमा सावधानी अपनाउन आवश्यक हुन्छ ।

मंगलबार :
मंगलबारका दिन जन्मिने बच्चा ज्यादै नै रिसाहा र आमरुपमा बाल्यकालमा पनि बिरामी भइरहने खालका हुन्छन् । तसर्थ चोट पटक तथा दुर्घटनाबाट बच्नका लागि सँधै ख्याल राख्नु पर्ने हुन्छ ।

बुधबार :
बुधबार जन्मिने व्यक्ति धनसमपत्तिले भरिपूर्ण हुने याग रहेको छ । हरेक काममा पूर्णता चाहने स्वभावको हुन्छ । यसका साथै यस बार जन्मिने व्यक्तिमा अहंकार भरिपूर्ण हुँदा आफ्नो स्वभावमाथि संयम राख्न आवश्यक हुन्छ ।

बिहीबार :
यो दिन जन्मिने बच्चा अति नै भाग्यमानी हुन्छन् । यस्ता व्यक्तिलाई मानसम्मान धेरै नै प्राप्त हुने योग रहेको छ । यस्तै यो दिन जन्मिएकाले दोस्रो व्यक्तिमाथि छिट्टै विश्वास गर्नबाट बच्नु पर्ने हुन्छ ।

शुक्रबार :
यो दिन जन्मिने बच्चा आध्यात्मिक हुने भएकाले उनीमाथि भगवानको विशेष कृपा हुने छ । यस्ता व्यक्तिले लापरबाही तथा अतिविश्वासबाट बच्नु पर्ने हुन्छ ।

शनिबार :
यो दिन जन्मिने व्यक्तिले जीवनमा कडा संघर्षको सामना गर्नुपर्ने हुन्छ । यो दिन जन्मिनेले जीवनमा कडा संघर्षको सामना गर्नु पर्ने हुन्छ । यद्यपि, एउटा उमेर चरण पार गरेपशचात् विदेश गएर ठूलै सफलता उपलब्ध गर्नेछन् । तर यस्ता व्यक्तिले भने नशा तथा प्रेमको चक्करबाट बच्न अत्यन्तै आवश्यक रहेको छ ।

प्रकाशित मिति: Jun 13, 2019

प्रतिक्रिया दिनुहोस्