Logo
१२ बैशाख २०८१, बुधबार
(June 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्रान्सेली व्यवसायीलाई नेपालमै लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ :  युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रशस्त सम्भावना रहँदा फ्रान्सका उद्यमी तथा व्यवसायीलाई लगानी गर्न आग्रह गरेका छन् ।

उनले फ्रान्स बिजनेस कमिटिद्वारा आयोजित कार्यक्रमलाई संवोधन गर्दै नेपालमा लगानीका लागि वातावरण रहेका हुनाले प्रशस्त लगानी गर्न त्यहाँका उद्यमी तथा व्यवसायीलाई आग्रह गरेका हुन् । कार्यक्रममा संवोधनपश्चात् उनले विभिन्न व्यवसायीक कम्पनीका प्रतिनिधिहरुसँग छुट्टाछुट्टै भेटघाटसमेत गरेको परराष्ट्रमन्त्रालयद्वारा जनाइएको छ ।

नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७०औँ वर्ष पूरा गरेको अवसरमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री ओलीले बिहीबार भाग लिने छन् । तर प्रधानमन्त्री ओली र फ्रान्सका उनका समकक्षीले सम्झौता गर्ने भनिएको स्याटालाइट खरिद र सुरक्षण मुद्रण(प्रिन्टिङ प्रस) सम्बन्धी विषयमा अन्यौलता थपिएको छ ।

यी दुवै विषयमा सहमति हुने जानकारी परराष्ट्रमन्त्रालयले प्रधानमन्त्रीको फ्रान्स भ्रमणका क्रममा गराइएको थियो । नेपालले अन्तरीक्षमा प्राप्त गर्ने भनिएका स्लट नजिकै ४ वर्षदेखि लाओसले पनि आफ्नो स्लट दाबी गरेको थियो तर नेपालले त्यसमो कुनै प्रतिक्रिया नवनाएको हुनाले उक्त विषय अन्यौलमा परेको हो ।

प्रकाशित मिति: Jun 13, 2019

प्रतिक्रिया दिनुहोस्