Logo
७ बैशाख २०८१, शुक्रबार
(June 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुजरातमा ‘चक्रवाती तूफान’ : जोखिमयुक्त क्षेत्रका झण्डै ३ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

छिमेकी देश भारतको सबैभन्दा बिकसित राज्य भनिएका गुजरातमा ‘चक्रवाती तूफान ‘वायु’ को भायले जोखिमयुक्त क्षेत्रका झण्डै तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

सो क्षेत्रमा रेल तथा हवाई उडान सेवा तत्कालका लागि स्थगित गरिएको छ भने गुजरातको प्रमुख समुद्री बन्दरगाह पनि बन्द गरिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गुजरातका मुख्यमन्त्री विजय रुपानी लगायतले आँधी आउने स्थानमा मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

शक्तिशाली आँधीको वेग प्रतिघण्टा १६० किलोमिटर हुने अनुमान मौसमविदले गरेका छन् । भारतीय मौसम विभागले त्यहाँ भूक्षयको सम्भावना पनि रहने चेतावनी दिएको छ ।

अहिले त्यो आँधी पोरबन्दर नजिकै आइपुगेको छ । विद्यालयहरू पनि बन्द गर्न आदेश दिइएको छ । यता, भारतमा विकसित भएको चक्रवाती तूफान ‘वायु’ को सामान्य प्रभाव आज (बिहीबार) नेपालमा पनि पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: Jun 13, 2019

प्रतिक्रिया दिनुहोस्