Logo
१३ बैशाख २०८१, बिहीबार
(June 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुगलपछि फेसबुकले पनि हुवावेसँग सहकार्य नगर्ने घोषणा

लस एन्जल्स : अमेरिकाले कालोसूचीमा राख्दै हुवावेसँग कारोबार नगर्न निर्देशन जारी गरेपछि पछिल्लो समय एकपछि अर्को अमेरिकी प्राविधिक कम्पनीले कारोबार बन्द गरेका छन् ।

गुगल लगायतका अमेरिकी कम्पनीले हुवावेसँग कारोबार नगर्ने घोषणा गरिसकेका छन् । हुवावेसँग कारोबार नगर्ने अमेरिकी कम्पनीहरुको सूचीमा अर्को कम्पनी थपिएको छ( सामाजिक सञ्जाल फेसबुक । फेसबुकले हुवावेका नयाँ फोनमा आफ्ना एप्लिकसन प्रिइन्स्टल नहुने घोषणा गरेको जनाइएको छ ।

फेसबुकसहित हुवावेका नयाँ फोनमा अब इन्स्टाग्राम र ह्वाट्सएपका एप्लिकेसन पनि प्रिइन्स्टल नहुने जनाइएको छ । अमेरिकी निर्णय अनुसार हुवावेसँग फेसबुकले सहकार्य नगर्ने घोषणा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका हुन् ।

यद्यपि पुराना हुवावे फोनमा भने फेसबुक चलिनै रहने जनाइएको छ।

प्रकाशित मिति: Jun 12, 2019

प्रतिक्रिया दिनुहोस्