Logo
१३ बैशाख २०८१, बिहीबार
(June 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘साहो’को नयाँ पोस्टरमा यस्तो देखिइन् श्रद्धा, भोलि टिजर रिलिज हुँदै

मुम्बई :  घोषणा भएदेखि नै प्रभास तथा श्रद्धा कपुर स्टारर एक्सन सिनेमा ‘साहो’ चर्चामा छ ।

बाहुबलीले प्रभासलाई दिलाएको चर्चा र सिनेमाका रिलिज भएका टिजर तथा पोस्टरले दर्शकहरूमा सिनेमाको ब्यग्रता बढेको बढ्यै छ। सिनेमाका रिलिज भएका हरेक चिज रिलिज हुने बित्तिकै सामजिक संजालमा भाइरल हुँदै आएका छन्।

यस्तै सिनेमामा रहेको श्रद्धा कपुरको नयाँ लुक सार्वजनिक भएको छ। प्रभासले आफ्नो ट्वीटरबाट श्रद्धाको सो लुक सार्वजनिक गरेका हुन्। यो लुक पनि सार्वजनिक भएलगत्तै भाइरल बनेको छ। सिनेमाको नयाँ टिजर भोलि रिलिज हुँदैछ।

यसै वर्ष १५ अगस्टमा रिलिज हुने तय भएको यस सिनेमामा प्रभास र श्रद्धाका अलावा नील नितिन मुकेश, मन्दिरा बेदी, ज्याकी श्राफ तथा चंकी पाण्डेको समेत अभिनय रहेको छ। सिनेमाका निर्देशक सुजीत हुन्।

प्रकाशित मिति: Jun 12, 2019

प्रतिक्रिया दिनुहोस्