Logo
१२ बैशाख २०८१, बुधबार
(June 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री नेपाल फर्कने बित्तिकै प्रेमकुमार राई मुख्यसचिव बन्दै

गृहसचिव प्रेमकुमार राई मुख्यसचिव बन्ने भएका छन् । राईलाई प्रधानमन्त्री नेपाल फर्कने बित्तिकै मुख्यसचिव नियुक्त गर्ने स्रोतले बताएको छ ।

गत साताको मन्त्रिपरिषद् बैठकमा मुख्य सचिव लोकदर्शन रेग्मीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण अफ्रिका र दक्षिण कोरिया मध्ये एक देशको राजदूत पद रोजेर मार्ग प्रशस्त गर्न सुझाव दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई गृहसचिवको जिम्मेवारी दिएर गृहसचिवलाई मुख्यसचिव बनाउने प्रमको योजना छ ।

गृहमन्त्रालय माओवादीको पोल्टामा परेपछि प्रेमकुमार राईलाई प्रधानमन्त्री ओलीले गृहसचिव बनाएर पठाएका थिए । राई प्रमका विश्वासपात्र हुन ।

प्रकाशित मिति: Jun 12, 2019

प्रतिक्रिया दिनुहोस्