Logo
७ बैशाख २०८१, शुक्रबार
(June 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ वर्षपछि तेजाब प्रहार गर्नेलाई दिइयो ४ वर्ष कैद सजाय

सांकेतिक तस्बिर

दाङ :   दाङमा किशोरीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई ४ वर्ष कैद फैसला गरिएको छ । घोराही उपमहानगरपालिका-१७ कि २२ वर्षीया रीता चौधरीमाथि एसिड प्रहार गर्ने नेपालगञ्ज उपमहानगरपालिका-६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई ४ वर्ष कैदको फैसला सुनाइएको हो ।

जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले रीतामाथि एसिड प्रहार कसुरमा दोषी ठहर गर्दै मिश्रलाई ४ वर्ष कैद, रु १ लाख जरिवाना र पीडितलाई रु १ लाख ४५ हजार क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने फैसला गरेको हो । अदालतले जरिवाना स्वरूपको रु १ लाख पनि पीडितलाई नै उपलब्ध गराउने फैसला गरेको श्रेस्तेदार धनीप्रसाद चपाइँले जानकारी दिए ।

उक्त घटनाका अन्य आरोपित घोराही-१७ का २० वर्षीय विष्णु चौधरी र २८ वर्षीय सुनिल चौधरीलाई भने अदालतले सफाइ दिएको छ । विसं २०७२ फागुन २७ गते साँझ पसलमै बसेका बेला रीतामाथि एसिड प्रहार गरिएको थियो । एसिड प्रहारबाट पीडितको छाती तथा घाँटीको भाग जलेको थियो ।

प्रकाशित मिति: Jun 12, 2019

प्रतिक्रिया दिनुहोस्