Logo
११ बैशाख २०८१, मंगलबार
(June 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब के गर्दा ठिक हुन्छ, त्यसको टुंगो पार्टीले नै लगाउँछ, तर बाहिर कुरा चर्कार केहि हुँदैन : ओली

प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् । ‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं । पार्टी एकता भइसकेको छ।

अब के गर्दा ठिक हुन्छ, त्यसको टुंगो पार्टीले नै लगाउँछ,’ प्रधानमन्त्रीले बेलायतको प्रतिष्ठित विश्वविद्यालय अक्सफोर्डमा आयोजित कार्यक्रममा भने ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सरकारको कार्यशैलीबारे छलफल भए पनि आलोपालो वा के गर्ने भन्ने विषय नउठेको बताए ।

नेकपाका अध्यक्षबीच आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको बताइएको छ । प्रचण्डले यस विषयलाई प्रधानमन्त्री ओली दिल्ली भ्रमणमा रहेका बेला टेलिभिजन अन्तर्वार्तामा सार्वजनिक गरेका थिए । यद्यपि सहमतिपत्र पहिले नै बाहिर आइसकेको थियो ।

प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकार दीर्घकालीन योजना तय गरेर अघि बढेको छ ।’ जनताको चाहना राजनीतिक स्थायित्व र विकास रहेकाले त्यसमा सरकार एकचित्त भएर लागेको उनले बताए ।

प्रकाशित मिति: Jun 12, 2019

प्रतिक्रिया दिनुहोस्