Logo
१३ बैशाख २०८१, बिहीबार
(June 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस वर्षको एसईई परीक्षाफल असारको तेस्रो हप्ता

काठमाडौँ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असारको तेस्रो हप्ता मात्रै आउने भएको छ ।

राष्टिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले उत्तरपुस्तिका जाच तीव्ररूपमा चलिरहेको भन्दै नतिजा असारको तेस्रो हप्ता मात्रै सार्वजनिक गर्नेगरी तयारी गरेको बताए । उहा“ले प्रदेश २ मा प्रश्नपत्र बाहिएका कारण नतिजा प्रकाशनमा ढिला भएको बताए । कर्मचारी समायोजनको कामले पनि समस्या भएको उनको भनाइ छ ।

बोर्डका अनुसार अहिले डाटा एन्ट्रीको काम भइरहेको छ । चैत १० देखि सञ्चालित एसईईमा प्रदेश २ मा परीक्षा हुनुभन्दा अगावै प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएका विषयको परीक्षा २२ चैतबाट सञ्चालन गरिएको थियो । परीक्षामा चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति: Jun 12, 2019

प्रतिक्रिया दिनुहोस्