Logo
१५ चैत्र २०८०, बिहीबार
(June 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एयरपोर्टबाट फर्किए मौरिसस जाने तयारीमा रहेका १६ नेपाली, यस्तो छ कारण

काठमाडौं :  रोजगारीका लागि अफ्रिकी मुलुक मौरिसस जाने तयारीमा रहेका १६ नेपालीलाई अध्यागमन विभाग, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयले फिर्ता पठाइदिएको छ ।

नेपाल एयरलाइन्सको उडानबाट दुवई हुँदै मौरिसस जाने तयारीमा रहेका उनीहरुको पासपोर्ट विभागले जफत गरी अनुसन्धानमा पठाएको छ । मौरिससमा रहेको एकै कम्पनीमा कामको लागि जान लागेका उनीहरुसँग ई-भिसा प्राप्त भएको प्रामाणिक कागजात नभएको जानकारी विभागले दिएको छ ।

गौशालामा रहेको जस्मिन इन्टरनेशनल प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजार तिरेर कागजात मिलाएको पत्रमा खुलासा गरिएको छ । वैदेशिक रोजगार विभाग काठमाडौंले समेत उनीहरुको बारेमा केही बताउन नसकेपछि थप छानबिनको लागि उनीहरुको कागजात वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

प्रकाशित मिति: Jun 12, 2019

प्रतिक्रिया दिनुहोस्