Logo
११ बैशाख २०८१, मंगलबार
(June 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीको २ महत्वपुर्ण भेट (फोटोफिचर)

प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री टेरेसा मेसँग भेटवार्ता भएको छ । त्यहाँका प्रधानमन्त्री निवास १० डाउनिङ स्ट्रिटमा मङ्गलबार प्रधानमन्त्री टेरेसा मेले ओलीलाई स्वागत गरेका थिए ।

यसैबीच प्रधानमन्त्री ओलीलाई र बेलायती राजकुमार ह्यारीसँग पनि भेटवार्ता भएको छ । मङ्गलबार केन्सिङ्टन दरवारमा उक्त भेटवार्ता भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी प्रधानमन्त्री टेरिजा मेबीच द्विपक्षीय भेटवार्ता भएको छ । मेलेसँग मङ्गलबार दिउँसो लन्डनमा प्रधानमन्त्री ओलीको भेटवार्ता गरेका हुन् ।

भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी तथा भूतपूर्व गोर्खा सैनिकहरूका गुनासालगायत विविध विषयमा छलफल भएको बताइएको छ ।

भेटमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली,परराष्ट्र सचिव शंकरदास बैरागी, बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलगायत सहभागी थिए । यसअघि प्रधानमन्त्री ओलीले बेलायती राजकुमार ह्यारीसँग पनि भेटबार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग गैरआवासीय नेपाली संघका पदाधिकारीले पनि छलफल गरेका छन् । संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले गैर आवासीय नेपालीलाई प्रदान गरिने नागरिकताको संविधानमा रहेका ब्यवस्थाले केही कठिनाई आएको बताए ।

प्रधानमन्त्री ओलीसँग बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकले भेट गरी निवृत्तिभरण आदि विषयमा भेदभाव भएको भन्दै गुनासो गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायती राजकुमार ह्यारीले मङगलबार केन्सिङटन दरवारमा भेट गर्दै । साथमा प्रधानमन्त्री पत्नी राधिका शाक्य । तस्वीर : रासस/एपी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायती प्रधानमन्त्री टेरेसा मे प्रधानमन्त्री निवास १० डाउनिङ स्ट्रिटमा मङगलबार स्वागत गर्दै । तस्वीर : रासस/एपी

प्रकाशित मिति: Jun 11, 2019

प्रतिक्रिया दिनुहोस्