Logo
१३ बैशाख २०८१, बिहीबार
(June 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जोशी हाइड्रोपावरको टर्वाइनमा आगो लाग्यो

सांकेतिक तस्बिर

इलाम : इलाम नगरपालिका ४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरमा आगलागी भएको छ ।

मेची राजमार्ग नजिकै रहेको हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि स्थानीय बासिन्दा र कर्मचारीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन ।

इलाम नगरपालिका ३ का अध्यक्ष नुतनदेव दुलालका अनुसार हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि नजिकै रहेको पानी पाइप छिनालेर हानेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको हो ।

आगो नियन्त्रणका लागि इलाम नगरपालिकाको दमकल घटनास्थल तर्फ लागेको छ। आगो के कारणले लागेको भन्ने बारेमा यकीन हुन सकेको छैन।

प्रकाशित मिति: Jun 11, 2019

प्रतिक्रिया दिनुहोस्