Logo
१२ बैशाख २०८१, बुधबार
(June 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाल गायक प्रितम आचार्य इटहरी नगरको बाल सद्भावना दूत घोषणा

इटहरी :  इटहरी उपमहानगरले चर्चित बाल गायक प्रितम आर्चायलाई वाल सदभावना दुत घोषणा गरेको छ । आज एक कार्यक्रमकाबीच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले वालसदभावना दुत घोषणा गरिएको पत्र प्रदान गरे।

प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गरे । कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद दिए । उनले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत वनाउने तयारी भइरहेको वताए ।

प्रमुख प्रशासकीय अघिकृत केशव विमलीले प्रितमको प्रगतिको कामना गरे । वालगायक प्रितम आर्चायले आफू यो अवस्थासम्म आइपुग्न इटहरी उपमहानगरले पुर्याएको सपोर्ट र मायाप्रति धन्यवाद दिनुभयो । सयअघि भारतमा प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले नेपाली झण्डा प्रदान र उपमेयर लक्ष्मी गौतमले नेपाली टोपी लगाइदिएर विदाईगरेका थिए ।

प्रितम आर्चाय भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्समा तेश्रो भएर हिजो इटहरी फर्किएका हुन । प्रितमले वालसदभावना दुत घोषणा कार्यक्रममा देशले रगतमागे मलाईवलि चढाउ वोलको चर्चित गीत गाए ।

प्रकाशित मिति: Jun 11, 2019

प्रतिक्रिया दिनुहोस्