Logo
६ बैशाख २०८१, बिहीबार
(June 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन

लण्डन :  युरोप भ्रमणका क्रममा आफ्नो पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री केपी शर्मा ओली बेलायत आइपुगेका छन्। प्रधानमन्त्री ओली जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गरेर सोमबार साँझ लण्डन आइपुगेका हुन्।

यहाँ आइपुगेसँगै प्रधानमन्त्री ओलीले साँझ अक्सफोर्ड युनियनको आयोजनमा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित एक विशेष कार्यक्रममा नेपालको प्रजातन्त्र र विकासबारे विचार व्यक्त गरेका छन्।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, परराष्ट्रसचिव शंकरदास वैरागी सामेल छन् । यस्तै लण्डनस्थित नेपाली दूतावासका अनुसार प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री थेरेसा मेसंग मंगलवार दिउँसो भेटवार्ता गर्ने कार्यक्रम छ भने राजकुमार ह्यारीसंग भेट गर्ने छन्।

अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताए । उनले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको र यो नेपाली सभ्यताको महत्वपूर्ण आधार रहेको प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्नुभएको जानकारी दिए ।

प्रकाशित मिति: Jun 11, 2019

प्रतिक्रिया दिनुहोस्