Logo
१५ चैत्र २०८०, बिहीबार
(June 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्याजले महिनावारी पीडा कमको साथै हटाउँछ अनुहारको दाग

प्याज तरकारीरसब्जी आदिमा हालिने मसलाको रूपमा प्रयोग गरिने मसला फल जो माटामनि फल्छ । प्रायः सबै ठाउँमा यो मसलाको उत्पादन हुन्छ । नेपालका पचहत्तरै जिल्लामा प्याज खेती हुने गरेको छ। कृषि मन्त्रालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०६७/६८ मा २० हजार ८० हेक्टर जमिनमा प्याज उत्पादन भयो। देशभरको प्याज क्षेत्रफलको एक चौथाइ हिस्सा सप्तरी जिल्लाले ओगटेको छ।

शहरी क्षेत्रमा बढ्दो माग धान्न आयातमै भर पर्नुपर्ने अवस्थाले अभियानकै रूपमा प्याज उत्पादन गरे बजारको खाँचो नपर्ने भन्ने देखाउँछ। राजधानी काठमाडौंको कालीमाटी तरकारी बजारमा ९५ प्रतिशत प्याज भारतबाट आइरहेको छ। भारतमा प्याज महँगो वा आयातमा अवरोध हुँदा चीनबाट पनि ल्याइन्छ।

प्याज खाएपछि मुखबाट गन्ध आउँछ । सोही कारण कतिले प्याजलाई मन पराउँदैनन् त कतिपयले धार्मिक मान्यताका कारण पनि प्याजको सेवन नै गर्दैनन् । तर प्याज खाएपछि केहीबेर गन्ध आएपनि वा धार्मिक मान्यताधारीहरुले नरुचाएपनि यो निकै हितकारी खाद्यपदार्थ हो । विज्ञहरुका अनुसार प्याजमा निकै लाभदायक तत्वहरु पाइनुका साथै यसमा औषधिय गुण समेत पाइन्छ । प्याज खानुका मुख्य फाइदाहरु यस्ता छन् स्

महिनावारी स् महिलाको महिनावारी पीडा कम गर्न समेत प्याजको सेवन लाभदायक हुन्छ । प्याजमा हुने तत्वले पेन किलरको काम गर्छ । सामान्यतया महिनावारी हुने नियमित समयको ४-५ दिनअघि देखिबाट नियमित रुपमा प्याज खाने गरेमा महिनावारीको दुखाइ कम हुन पुग्छ । दागधब्बा स् प्याजले दागधब्बा हटाउन टेवा पुर्याउछ। प्याजमा हुने भिटामिन सी तथा एन्टिसेप्टिक तत्वले डार्क स्पट तथा कालो पोतो कम गर्दछ । प्याज पिँधेर त्यसको लेप दहिमा मिलाएर अनुहार तथा सरीरमा लगाउनाले जिउमा भएका दाग धब्बा कम हुन्छ ।

क्यान्सर प्रतिरोधी स् प्याजमा क्यान्सर प्रतिरोधी तत्व हुन्छ । यसको नियमित सेवनले टाउको, घाँटी तथा पेटको क्यान्सरको खतरा कम गर्ने वैज्ञानिकहरुले बताएका छन् । निद्रा नपर्ने समस्या स् निद्रा नपर्ने समस्याका लागि प्याजको सेवन फाइदाजनक हुन्छ । बेलुकीको खानामा प्याजलाई सलादको रुपमा खाने गर्नाले मजाले निद्रा लाग्छ ।

मधुमेहस् मधुमेहको जोखिम घटाउँछ । प्याजमा कम मात्रामा क्यालोरी र फाइबर, आइरन, पोटासियम, भिटामिन्स तथा अन्य विभिन्न खाले पोषक तत्व समेत हुन्छ । त्यसैले प्याजको सेवनले रगतमा चिनीको मात्रा सन्तुलित गराउन सहयोग गर्छ । चिसो स् यसले चिसो बाट लाग्ने रुघाखोकी जस्ता रोगका साथै बिबिध रोगहरु लाग्नबाट जोगाउन सहायोग पुर्याउछ ।

प्रकाशित मिति: Jun 10, 2019

प्रतिक्रिया दिनुहोस्