Logo
१३ बैशाख २०८१, बिहीबार
(June 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : श्रीमतीले श्रीमानसँग गोप्य राख्ने यी ५ कुरा

काठमाडौं :  श्रीमान-श्रीमतीको सम्बन्ध गहिरो हुन्छ । सामान्यतया हामीलाई थाहा भएकै बिषय हो । दुवै जनाको जीवनमा विश्वासको डोरी मजबुत बन्नुपर्दछ । अपवाद त हुन्छ नै, तर दुईबीचको माया र समर्पणले नै सम्बन्धलाई नयाँ दिशा दिइरहेको हुन्छ ।

श्रीमान आफ्नो मनको सबै कुरा श्रीमतीलाई बताइरहेका हुन्छन् । श्रीमतीले पनि धेरै कुरा शेयर गरिरहेकी हुन्छिन् तर केही कुरा गोप्य राख्न चाहन्छिन् ।

हेर्नेहोस् के हुन् ती कुरा :-

१. कुनै कार्यालयमा काम गर्ने महिलाले त्यहाबाट आफूलाई मिलिरहेको सफलता आफ्नो श्रीमानलाई तत्कालै भन्दिनन् । किनकी श्रीमानलाई यो कुराले समस्या नहोस् किनकी उनी श्रीमानभन्दा माथि गइरहेकी छिन् ।

२. श्रीमतीले आफ्नो बैंक अकाउंट र रुपैयाँको लेनदेनको बारेमा श्रीमानलाई छिट्टै बताउँदैनन् । किनकी भविष्यका बारे श्रीमती चिन्तित हुन्छिन् । श्रीमान र छोरालाई समस्या नहोस् भनेर ।

३.  श्रीमती आफूलाई भएको स-साना समस्याकाबारे पनि श्रीमानलाई भन्दिनन् । किनकी उनको श्रीमानलाई यो कुराले अप्ठ्यारो महसुस नहोस् । सामान्य समस्या आफै हल गर्ने तर्फ श्रीमती क्रियाशिल हुन्छिन् ।

४.  महिला आफ्नो घरको आर्थिक स्थितिसमेत अरुलाई बताउँदैनन् अर्थात् श्रीमानलाई पनि सा-साना कुरा भन्दैनन् । राम्रो श्रीमती सामान्य समस्याको हल गर्न सक्छिन् ।

५.  महिला आफ्नो यौनइच्छाका बिषयमा समेत श्रीमानसँग खुलेर कुरा गर्दैनन् । उनी श्रीमानलाई यो बिषय भन्न अप्ठ्यारो महसुस गर्छिन् ।

प्रकाशित मिति: Jun 10, 2019

प्रतिक्रिया दिनुहोस्