Logo
|| June 10, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूकम्पपछिको पुननिर्माणका लागि भारतले दियो थप एक अर्ब ६० करोड

काठमाडौं : भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अरव ६० करोड उपलब्ध गराएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन् ।

भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता वापत १ अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ सचिव राजन खनालले जानकारी दिए । भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्तावापत यस अघि नै २ अरव १० करोड रुपैयाँ उपलब्ध गराइ सकेको छ ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतका राजदुत सिंहले नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताए। उनले नेपालको विकास, निर्माणको काममा भारत सरकारको सदा साथ रहने पनि बताए । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले नेपालमा ठूलो धनजनको क्षति भएपछि भारतलगायतका देशहरुले त्यसको पुनर्निर्माणमा सघाउने समझदारी गरेका थिए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत पुरीले नेपालको निजी आवास पुनर्निर्माणको काम करिब ७० प्रतिशत भन्दा बढी सम्पन्न हुनु आफ्नो मुलुकका लागि सुखद् समाचार भएको पनि बताएका थिए।

प्रकाशित मिति: २७ जेष्ठ २०७६, सोमबार १३:१९

प्रतिक्रिया दिनुहोस्