Logo
११ बैशाख २०८१, मंगलबार
(June 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज

हेटौंडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यही जेठ १९ गते मुख्यमन्त्री पौडेल मुटुको भल्बमा समस्या देखिएर अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएका पौडेल एक हप्ताको अस्पताल बसाइँपछि डिस्चार्ज भएका हुन् ।

नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजिओप्लाष्टि गरिएको थियो । मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुगेका मुख्यमन्त्री पौडेलको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरेको थियो । अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि सार्वजनिक कार्यक्रम स्थगित गरिएको थियो । मुख्यमन्त्री अस्वस्थ भएपछि जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्समेत स्थगित भएको थियो ।

जेठ २९ र ३० गते हुने परिषद्को बैठकमा सहभागी हुन मुख्यमन्त्री पौडेल मङ्गलबार हेटौँडा आउने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार परिषद् बैठक मुख्यमन्त्रीको अध्यक्षतामा हुनेछ ।

प्रकाशित मिति: Jun 10, 2019

प्रतिक्रिया दिनुहोस्