Logo
११ बैशाख २०८१, मंगलबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वसाधारणलाई मच्छिन्द्रनाथको भोटो देखाइयो, राष्ट्रपतिले गरिन रथको परिक्रमा (फोटो-फिचर)

भोटोजात्राका अवसरमा ललितपुरको जावलाखेलस्थित रातो मच्छिन्द्रनाथको रथबाट सर्वसाधारणलाई भोटो देखाएको छ ।  वलाखेलस्थित रातो मछिन्द्रनाथको रथबाट देखाइएको भोटो अवलोकन गर्न सयौं सर्वसाधारणको उपस्थिती देखिएको थियो ।

जावलाखेलस्थित रातो मछिन्द्रनाथको रथबाट भोटो देखाइएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले रथलाई परिक्रमा गरेकी थिइन । साथमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु मर्हजनलगायतको उपस्थिीति देखिएका थिए ।

फोटो फिचर : 

भोटोजात्राका अवसरमा जावलाखेलस्थित रातो मच्छिन्द्रनाथको रथबाट सर्वसाधारणलाई भोटो देखाउँदै । तस्बिर : प्रदीपराज वन्त

यसैबीच, मध्यपुर थिमिमा शनिबार सिथि नखःको राति लोकेश्वर (करुणामय)को जात्रा गरिँदै स्थानीय । मध्यपुर थिमि ४ मरुटोलको करुणामय सिथि नखःको दिन चपाचोस्थित जिस्वाः बहाबाट विभिन्न बाजागाजासहित जात्रा गरी हात्ती महांकाल, दिगुटोल, दुईपोखरी, लायकू, दथुटोल, मरुटोल, बालकुमारी हुँदै मरुटोलमा रहेको हिरण्यवर्ण महाविहारमा राख्ने गरिन्छ । तस्वीर : रत्न श्रेष्ठ

मध्यपुर थिमि ४, मरुटोल, हिरण्यवर्ण महाविहारमा रहेको करुणामय (पदमपाणी लोकेश्वर) । सिथि नखःको राति करुणामयलाई चपाचो जिस्वाःबहालबाट जात्रागरी यस मन्दिरभित्र विराजमान गरिन्छ । तस्वीर : रत्न श्रेष्ठ

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्