Logo
६ बैशाख २०८१, बिहीबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुल भाँचिएपछि सवारी साधन सडकमै अलपत्र

पोखरा : पृथ्वी राजमार्गमा हुँदै पोखरा आउने विजयपुर पक्कीपुल भाँचिएपछि विभिन्न स्थानबाट आएका सवारी साधन सडकमै रोकिएका छन् ।

इलाइट वि.पी.एडभान्चर कम्पनीले २०६४ सालमा निर्माण गरेको पक्कीपुल छिटो किन भाँचियो ? भन्नेबारे अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।

विभिन्न स्थानबाट पोखरा आउ जाउ गर्ने सवारी साधन अस्थाई रुपमा निर्माण भएको डाइभर्सनबाट चल्ने गर्छ । तर वर्षाको बेला खोला बढेपछि भने सवारी साधन रोकिन्छ ।

डाइभर्सनबाट काम नचल्ने भएकाले अस्थाई पुल निर्माण शुरु गरिएको छ । तर निर्माण प्रभावकारी हुन सकेको छैन । निर्माण कम्पनीले ठेक्का सदर गरेअनुसारको समय अवधि सकिएको छ ।

जेष्ठ २२ गतेसम्म अस्थाई पुल निर्माणको काम सक्ने जिम्मा पाएको सगरमाथा जे।जे कम्पनीले तोकिएको समयमा काम सम्पन्न नगर्दा वर्षायाममा सवारी साधन आउ जाउमा समस्या परेको छ । सडक डिभिजिन कार्यालयले भने निर्माण छिट्टै हुने दाबी गरेको छ ।

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्