Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमानको नयाँ तस्बिरले फ्यानमा जाग्यो उत्सुकता

एजेन्सी : सलमान खान यतिबेला फिल्म भारत को सफलताको उत्सव मनाइरहेका छन् । तर यसैबीच सलमान खानक एक ट्वीटले उनका फ्यानमा उत्सुकता बढाएको छ । सलमान खानको नयाँ ट्वीटले कुनै नयाँ प्रोजेक्टतर्फ इशारा गरेको छ। सलमान खानले आइतवार आफ्नो ताजा तस्बिर सेयर गरेका छन् ।

यसमा उनले लेखेका छन्, केही नयाँ आइरहेको छ । तस्बिरमा सलमान खान एक कुर्सीमा बसेको देखिएका छन् । उनको पछाडिबाट लाइट आएको देखिन्छ । सलमान एक मुभिङ कुर्सीमा बसेको देखिएपछि धेरै नयाँ प्रोजेक्ट आउन लागेको दाबी गरेका छन् । धेरैले भारत फिल्मको सफलतासँगै सलमान बिग बो-१३ को तयारीमा लागेको अन्दाज गरिएको छ । ब‍िग बोसको सिजन १३ को तयारी भइसकेको छ ।

अहिले नयाँ सिजनमा सहभागीहरुको छनोट चलिरहेको छ । यसैबीच सलमान खानको ताजा तस्विरलदे ब‍िग बोस १३ को सुरुवाततर्फ इशारा गरेको अनुमान गरिएको छ । तस्विरमा कालो सर्ट र जिन्समा देखिएका सलमानको हातमा ब्रासलेट देख्न सकिन्छ । अब सलमानले आफ्ना फ्यानका लागि नयाँ के लिएर आएरु धेरैलाई यो चासोको विषय बनेको छ । सलमान खान अहिले फिल्म भारतको सफलताबाट उत्साहित र खुसी छन् । फिल्मले चार दिनमा १ अर्ब २२ करोड रुपैयाँ कमाइसकेको छ ।

फिल्ममा सलमान खानको इमोसनका साथै कटरिना र सुनिल ग्रोवरको भूमिकालाई दर्शकले मन पराएका छन्। भारतपछि सलमान खान दबङ्ग ३ मा व्यस्त भएका छन्। अहिले यो फिल्मको धमाधम सुटिङ भइरहेको छ।

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्