Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ सरकारले ल्याएको नीति तथा कार्यक्रममा सत्तापक्षकै सांसदहरुद्वारा विरोध

काठमाडौं : प्रदेश २ सरकारले ल्याएको नीति तथा कार्यक्रममा सत्तापक्षकै सांसदहरुले विरोध जनाएका छन् । मन्त्रीमुखी नीति तथा कार्यक्रम भएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका पाँचजना सांसदले संशोधन हालेका थिए ।

दुईजनाले फिर्ता लिएका छन् भने तीनजनाले हालसम्म फिर्ता लिएका छैनन् । फिर्ता लिन दवाव दिनका लागि राजपा नेपालका अध्यक्षमण्डलका सदस्यहरु दुई दिनदेखि जनकपुरमा छन् । प्रदेश सांसदलाई सो संशोधन फिर्ता लिन दवाव दिइरहेका छन् । सत्तापक्षकै सांसदले यसरी संशोधन हाल्न नमिल्ने भन्दै उनीहरुले फिर्ता लिन दवाव दिएका हुन् । हालसम्म बिक्की यादव, डा.रीना यादव र नेत्रविक्रम साहले फिर्ता लिएका छैनन् ।

उनीहरुले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम जनतामुखी नभएर मन्त्री तथा व्यक्तिमुखी भएको अरोप लगाएका छन् ।सरकारमा रहेका मन्त्रीहरुले आफू र आफ्ना क्षेत्रलाई केन्द्रमा राखेर कार्यक्रम ल्याएको भन्दै सो नीति तथा कार्यक्रमलाई संशोधन गर्न आफूहरुले आग्रह गरेको प्रदेश सांसद बिक्की यादवले बताए । राजपा नेपालका अध्यक्षमण्डलले आज पनि प्रदेश सांसदहरुसँग छलफल गर्ने बताइएको छ । संशोधन हालेका सांसदहरुसँग छलफल गर्नुअघि अध्यक्षमण्डलको बैठक बसिरहेको छ । अध्यक्षमण्डलको बैठक सकिएपछि संशोधन हालेका सांसदहरुसँग छलफल गर्ने बताइएको छ ।

प्रदेश सांसद विक्की यादवले १२ बुँदे संशोधन हालेका छन् । विशेष आयोजनको रुपमा मझौला सिँचाई आयोजना सञ्चालन गरी किसानलाई सिँचाई उपलब्ध गराउन, मुख्यमन्त्री किसान उत्थानको ठाउँमा मधेशी सहिद किसान उत्थान राख्न, कृषकद्धारा उत्पादित समानहरुको प्रदेश सरकारले खरिद गर्ने र किसानले उत्पादन गरेको वस्तुहरुको मूल्य प्रदेश सरकारले तोक्ने वा किसान आफैले तोक्न पाउने, गरिबी निवारण गर्ने उद्देश्यले कृषि उत्पादनमा आधारित लघु उद्योग प्रदेश सरकारले स्थापना गर्ने, अवैद्य रुपमा सञ्चालन भएको उद्योगलाई पूर्ण रुपले बन्द गर्ने, प्रदेश २ लाई मदिरा तथा लागु औषध निषेध गर्नुपर्ने जस्ता विषय संशोधन हुनुपर्ने माग विक्की यादवको रहेको छ ।

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्