Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड गायिकाको प्रस्तुतिमा प्रहरीद्वारा हस्तक्षेप

काठमाडौं :  बलिउड गायिका नेहा कक्कडको प्रस्तुति चल्दै गर्दा राजधानीको ठमेलमा गएराति तनाव भएको छ । आयोजकले क्षमता भन्दा बढी टिकट विक्रि गरेपछि दर्शकले विवाद गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका डीएसपी सन्तोष सिंह राठौरले कार्यक्रमस्थल लड अफ ड्रिंस क्लबमा क्षमता भन्दा बढी टिकट वितरण हुँदा अवस्था असहज भएपछि ३ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

पक्राउ पर्नेमा कार्यक्रमका आयोजक दीपक घिमिरे तथा लर्ड क्लबका सञ्चालक भुपेन गिरि र अर्का एक जना संचालक रहेका छन् । उनीहरुलाई सोह्रखुट्टे बृत्तमा थुनामा राखिएको जनाइएको छ ।

गायिका नेहा आफ्नो प्रस्तुति दिनका लागि पहिलो पटक काठमाडौंका आएकी थिइन् । २५ सय दर्शक क्षमताको लर्ड अफ ड्रिङ्क्समा आयोजकले क्षमता भन्दा धेरै टिकट वितरण गरेको प्रहरी भनाई छ ।

‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेकी थिइन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गरेको हो।

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्