Logo
१२ बैशाख २०८१, बुधबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नासाले अन्तरिक्षमा पर्यटक लैजान गर्यो शुल्क निर्धारण

अमेरिकी वैज्ञानिक संस्था नासाले अब अन्तरिक्षमा रहेको आफ्नो स्टेशनमा पर्यटकलाई लाने घोषणा गरेको छ । नासाले सन् २०२० देखि आफनो स्टेशनमा पर्यटक लाने घोषणा गरेको हो ।

त्यसका लागि एक जना पर्यटकले प्रतिदिन ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ। नासाले पृथ्वीको परिक्रमा गर्ने सो स्टेशन पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि खुला गरिने जनाएको छ। पयर्टकलाई लान प्रत्येक वर्ष निजी खर्चमा दुईवटा छोटा अन्तरिक्ष भ्रमण हुने आईएसएसका सहायक निर्देशक रोबिन गेटिन्सले बताए । पयर्टकहरुले अन्तरिक्षयानमा बसेर आईएसएसमा ३० दिनसम्म बस्न पाउनेछन् ।

निजी संस्थाले नै चालकदलको संरचना निर्धारण तथा पर्यटकको स्वास्थ्य तथा आवश्यक तालिमको व्यवस्था गर्नुपर्नेछ। नासाले एलन मस्कको स्पेसएक्स र बोइङ कम्पनीलाई अन्तरिक्ष पर्यटनको नयाँ काम जिम्मा दिएको छ। स्पेसएक्सले ड्र्यागन क्याप्स्युल प्रयोग गर्नेछ भने बोइङले स्टारलाइनर नामक अन्तरिक्षयान बनाउँदैछ।

यी कम्पनीले नासाका अन्तरिक्षयात्री लैजाँदा लिन चाहेको प्रति उडान ६ करोड डलरजति नै शुल्क भाडास्वरूप अरू पर्यटकसँग पनि लिन सक्ने देखिएको छ। नासाले पहिला आफ्नो अन्तरिक्षकेन्द्रलाई व्यापारिक प्रयोगमा ल्याएको थिएन र अन्तरिक्षयात्रीलाई नाफामूलक अनुसन्धानमा सहभागी हुन प्रतिबन्ध लगाएको थियो।

सन् १९९८ मा रुससँग मिलेर त्यसको निर्माण सुरु भएको थियो। रुसले स्टेशन व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न खुकुलो नीति लिएको छ। सन् २००१ मा अमेरिकी व्यापारी डेनिस टिटोले पहिलो पटक पर्यटकका रूपमा सो स्टेशनको भ्रमण गरेका थिए। त्यसका लागि उनले रुसलाई २ करोड अमेरिकी डलर तिरेका थिए। नासाले भरखरै सन् २०२० सम्ममा चन्द्रमामा आफ्नो अभियान पुनस् सञ्चालन गर्ने र प्रथम महिला पठाउने बताएको थियो। बीबीसीको सहयोगमा

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्