Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङ-सुनसरी सेवा समाजको संयुक्त संयोजनमा ३२ जना मोतियाविन्दु बिरामीको अप्रेसन

प्रदेश १ स्थित सुनसरीको रामधुनी नगरपालिका वडा नं. ६ बक्लौरीमा शनिबार रामधुनी नगरपालिका र मोरङ-सुनसरी सेवा समाजको संयुक्त आयोजनामा १७ औं आँखा शिविरका क्रममा भेटिएका मोतियाविन्दुका ३२ जना बिरामीको आज अप्रेसन विराटनगरस्थित गोल्छा आँखा अस्पतालमा अप्रेसन हुँदैछ ।

रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरको विशेष सञ्चालन सहयोगमा आयोजित सो आँखा शिविरबाट करिब १ सय ५ भन्दा बढी आँखाका बिरामी लाभान्वित भएका छन् भने ३२ जनालाई शल्यक्रियाका निम्ति विराटनगरस्थित गोल्छा आँखा अस्पतालमा आजै पु¥याइएको छ ।

आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा रामधुनी नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष हेमनारायण राजधामी र वडा नं. ७ का वडाअध्यक्ष केशव गौतमसहित संस्थाका पदाधिकारी, सल्लाहकारहरुको सहभागितामा आयोजित कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रामनाथ भण्डारीले गरेका थिए ।

मोरङ र सुनसरी जिल्ला भित्रका ग्रामिण वस्तिहरुमा नेत्रज्योति गुम्दै गएका गाउँका असक्त, असहाय, जेष्ठ नागरिकहरुलाई घरदैलोमा पुगेर उनीहरुको आँखामा ज्योति भर्ने काम मोरङसुनसरी सेवा समाज गर्दै १७ औं शृंखला बक्लौरीमा पुरा गरेको छ अध्यक्ष रामनाथ भण्डारीले बताए ।

नेपाल सरकारको अन्धो निवारण अभियानलाई साथ दिँदै स्वास्थ्यका क्षेत्रमा आँखाको ज्योति गुम्दै गएका र गुमेकाहरुका सेवा दिँदै आएको मोरङसुनसरी सेवा समाजले आयोजना हुँदै आएका विगतका आँखा शिविरहरु संस्थाका सदस्यहरुको पकेट रित्याएर गरिँदै आएकोमा पछिल्लो समयमा स्थानीय तहबाट समेत सहयोग मिल्न थालेपछि संस्थाका पदाधिकारी तथा सदस्यहरु उत्साहित भएर सामाजिक अभियानमा लागिपरेको प्रतिक्रिया संस्थाका पूर्व अध्यक्ष गोकुलबहादुर थापा बताउँछन् ।

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्