Logo
६ बैशाख २०८१, बिहीबार
(June 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकल्याणमा निशुल्क आँखा शिविर, २०९ जनाको निशुल्क आँखा जाँच

प्रदेश १ स्थित सुनसरीको दुहबी नगरपालिकामा रहेको श्री जनकल्याण बचत तथा ऋण सहकारी सँस्थाले सँस्थाको भवनमा २०९ जनाको निशुल्क आँखा जाँच गरिएको छ ।

श्री जनकल्याण बचत तथा ऋण सहकारी सँस्थाको आयोजनामा र बिराटनगर आँखा अस्पतालको प्राविधीक सहयोगमा भएको निशुल्क आँखा जाँच शिविरमा प्राय जसोमा आँखामा कम पावर जस्तो समस्या र केहीमा मोतियाविन्दु भेटिएको थियो ।

विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको आँखा जाँच शिविरमा मोतियाविन्दु भएकाहरुलाइ निशुल्क अपरेशन गर्ने , र कम पावर भएकोलाई नि ःशुल्क औषधी र चस्मा सहुलियत दरले दिने आयोजकले जनाएको छ ।

निशुल्क आँखा जाँच शिविरमा प्रमुख अतिथि दुहबि इलाका प्रहरी निरक्षक श्री रामनरायण माझि रहेको आयोजक सँस्थाका अध्यक्ष मिलिराम चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: Jun 8, 2019

प्रतिक्रिया दिनुहोस्