Logo
६ बैशाख २०८१, बिहीबार
(June 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ३० युवाले पाए रोजगार

बेझाड : पाल्पाको रम्भा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ३० युवालाई रोजगार दिन थालेको छ । बेरोजगार नागरिकलाई रोजगार दिने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा गाउँपालिकाले ३० जनालाई छनोट गरी रोजगार दिन लागेको हो ।

यस कार्यक्रमका लागि गाउँपालिकामा ४५० ले बेरोजगारी फारम भरेका थिए । गाउँपालिका-३ पिपलडाँडाको बेलपानीदेखि मौलाथरसम्मका लागि मोटरबाटो स्तरोन्नत्तिका लागि रु ४ लाख रकम विनियोजन गरी काम थालिएको गाउँपालिकाका अधिकृत भक्तजङ्ग रानाले जानकारी दिए ।

उक्त कार्यक्रममार्फत सडक स्तरोन्नत्ति, साना/साना पूर्वाधार निर्माण, श्रममूलक काम, सडक निर्माण, कृषि, सिँचाइ, ग्रामीण खानेपानी, शिक्षा, वन, जलाधार क्षेत्रमा गर्न १८ वर्ष देखि ५० वर्ष सम्मका बेरोजगार नागरिक सहभागी हुन पाउने भएका छन् ।

प्रकाशित मिति: Jun 8, 2019

प्रतिक्रिया दिनुहोस्