Logo
८ बैशाख २०८१, शनिबार
(June 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमतीमाथि बञ्चरो प्रहार

बाँके : बाँकेको जानकी गाउँपालिकामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् ।

जानकी गाउँपालिका वडा-३ मानपुर निवासी ५९ वर्षीया पञ्चराम हरिजनले आज बिहान ९ बजेतिर ४५ वर्षीया श्रीमती कप्तरा हरिजनमाथि बञ्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय खजुराखुद्र्धका प्रहरी नायब निरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार श्रीमतीमाथि बञ्चरो प्रहार गरेपछि पञ्चराम आफैँ प्रहरी कार्यालय पुगेका थिए । हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बञ्चरो प्रहारबाट गम्भीर घाइते कप्तराको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।

श्रीमान-श्रीमतीबीच १५ दिनदेखि नै झगडा हुँदै आएको बताइएको छ ।

प्रकाशित मिति: Jun 8, 2019

प्रतिक्रिया दिनुहोस्