Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय टोलीमा यसरी चम्किए मेस्सी

लियोनल मेस्सीले दुई गोल गरेको खेलमा अर्जेन्टिनाले निकारागुआलाई ५-१ गोलले हराएको छ ।

कोपा अमेरिकाको तयारीका लागि शनिबार बिहान खेलिएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनालाई जिताउन मेस्सीले ३७औं र ३८औं मिनेटमा गोल गरेका थिए ।

लउटारो मार्टिनेजले ६३औं र ७३औं मिनेटमा दुई गोल गरे । रोवर्टो परेयराले ८१औं मिनेटमा एक गोल थपेका थिए ।

निकारागुआका लागि जुआन बरेराले ९०औं मिनेटमा पेनाल्टी मार्फत एक गोल फर्काएका थिए ।

कोपा अमेरिकामा अर्जेन्टिना समूह बी मा परेको छ । यस समूहमा कोलम्बिया, पराग्वे र कतार छन् । अर्जेन्टिनाले जुन १५ तारिख कोलम्बियासँग पहिलो खेल खेल्नेछ ।

प्रकाशित मिति: Jun 8, 2019

प्रतिक्रिया दिनुहोस्