Logo
१५ चैत्र २०८०, बिहीबार
(June 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको माग आईसीसीद्वारा अस्वीकार

एजेन्सी : इन्टरनेशनल क्रिकेट काउन्सिल९आईसीसी०ले महेन्द्र सिंह धोनीको ग्लोबमा रहेको सैन्य चिन्ह कायम राख्न पाउनुपर्ने भन्दै भारतले गरेको मागलाई अस्वीकार गरिदिएको छ । शुक्रबार जारी वक्तव्यमा आईसीसीले ‘पहिलेनै भारतीय क्रिकेट अधिकारीलाई धोनीको विकेट–किपिङ गर्दा लगाउने ग्लोबमा सैन्य चिन्ह नराख्न सुझाव दिएको’ बताएको छ ।

सन् २०११ को क्रिकेट विश्वकपमा भारतलाई विजयी गराउन कप्तानी गरेका धोनी भारतको थल सेनाका मानार्थ लेफ्टिनेन्ट कर्नेल पनि हुन् । आईसीसीको वक्तव्यमा भनिएको छ ,‘ आईसीसीका प्रतियोगितालाई निर्देशित गर्ने नियामावलीले कुनै पनि व्यक्तिगत सन्देश वा चिन्ह भएको चिन्ह प्रदर्शन गर्न अनुमती दिदैन ।’

यस अघिनै आईसीसीले धोनीलाई उनको ग्लोबबाट सैन्य चिन्ह हटाउन आग्रह गरिसकेको छ । आइसीसीको उक्त आग्रहले भारतमा भने राष्ट्रवादी वहस सुरु गराएको छ । शुक्रबार भारती ट्वीटर प्रयोगकर्तामाझ ‘धोनी किप द ग्लोब९धोनी ग्लोब लगाइरहु’ ट्रेण्डमा थियो । भारतका सत्तारुढ दलका कयैन नेताले समेत पनि धोनीको पक्षमा बोले ।

वहस बढ्दै गएपछि भारतीय सरकारले यस घटनाबारे बोल्न बाध्य भएको थियो । खेलकुद मन्त्री किरेन रिजिजूले एउटा ट्वीट गर्दै लेखेका थिए ,‘खेलकुद निकाय स्वशासित भएकाले सरकारले यसमा हस्तक्षेप गर्दैन । तर देशको संवेदनासँग जोडिएको विषयमा देशको स्वार्थलाई प्राथमिकता दिनुपर्छ । बीसीसीआईलाई यस मुद्दामा उपयुक्त कदम उठाउन आग्रह गर्दछु ।’

त्यसपछि भारतको क्रिकेट नियामक संस्था बीसीसीआईले आईसीसीलाई पत्र लखेर धोनीलाई सैन्य चिन्ह लगाउन अनुमती दिन आग्रह गरेको थियो । बुधबार दक्षिण अफ्रिकासँगको खेलमा धोनीले लगाएको ग्लोवमा सेनाको चिन्ह देखिएको थियो ।

बुधबारको खेल जारी क्रिकेट विश्वकपमा भारतको पहिलो खेल थियो । क्रिकेट विश्वकपको १२ औं सस्करण बेलायत र वेल्समा जारी छ । उता पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री चौधरी फवाद हुसेनले धोनीको ग्लोबमा रहेको चिन्हमा भारतमा चलेको वहसलाई ‘मुर्खतापूर्ण’ टिप्पणी गरेकाछन् ।

उनले धोनी बेलायतमा युद्धको लागि नभएर खेल्नको लागि गएको टिप्पणी गरेका छन् । सैन्य सामाग्रीको प्रयोगबाट भारतीय टिम विवादमा आएको यो पहिलो पटक भने होइन ।

मार्चमा धोनी र उनको टिमका सदस्यले अष्ट्रलियासँगको खेलमा सैन्य रंगको क्याप लगाएका थिए । तिनले पुलवामा आक्रमणमा मरेका अर्धसैनिक वलप्रति ऐक्यवद्धता देखाउन ती सामाग्री प्रयोग गरेका थिए । विराट कोहलीको नेतृत्वमा रहेको भारतीय टिमले उक्त खेलबाट प्राप्त रकम पीडितको परिवारलाई दिएको थियो ।

प्रकाशित मिति: Jun 8, 2019

प्रतिक्रिया दिनुहोस्