Logo
June 8, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक सुरजको नयाँ गीतमा सिम्पल खरेलको उत्कृष्ट अभिनय (भिडियोसहित)

काठमाडौं : गायक सुरज कालाखेतीको स्वरमा रहेको नयाँ गीत ‘मायालु आउने बाटोमा’ म्यूजिक भिडियो सहित सार्वजनिक भएको छ ।

चर्चित गायक कमल खत्रीको शब्द र संगीत रहेको उक्त गीतमा रिकेश गुरुङ्गले एरेन्ज गरेका छन् ।

उत्तम हुमागाईले छायांकन गरेको सो भिडियोमा सिम्पल खरेलले निर्देशन र पवन सुस्लिङले भिडियो सम्पादन गरेका छन्। यस गीतमा सिम्पल खरेल र समिप तमाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

युवापुस्ताको माया प्रेमलाई मध्यनजर गरिएको सो गीतलाई दर्शक श्रोताले मन पराउने विश्वास लिएको गायक कालाखेती बताउछन् । उक्त गीत लिरिकल भिडियोबाट पनि राम्रो प्रशंसा बटुल्न सफल भएको थियो ।

यस भन्दा अघि पनि गायक कालाखेतिको झुम्कावाली र तिमी बिना बोलको गीत बजारमा आईसकेका छन ।

 हेर्नुहोस्  भिडियो :

प्रकाशित मिति: २५ जेष्ठ २०७६, शनिबार ११:५९

प्रतिक्रिया दिनुहोस्