Logo
७ बैशाख २०८१, शुक्रबार
(June 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सपथग्रहणपछि भूटानी समकक्षीलाई मोदीको पहिलो निमन्त्रणा, विदेशमन्त्री जयशंकर भुटान भ्रमणमा

भारतका विदेशमन्त्री एस जयशंकरले भूटानका प्रधानमन्त्री लोटाय छिरिङलाई भारत भ्रमणका लागि निमन्त्रणा गरेका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भूटानी समकक्षीलाई निमन्त्रणा पत्र दिएको पनि ट्वीटरमार्फत जानकारी दिएका छन् ।

विदेशमन्त्री भएपछिको पहिलो विदेश भ्रमणका क्रममा भूटान पुगेका जयशंकरले शुक्रबार प्रधानमन्त्रीलाई निमन्त्रणा गरेका हुन् । भेटपछि ट्वीट गर्दै उनले दुई पक्षीय हित र साझेदारीका विषयमा भेटवार्ता उपलब्धिमूलक नै भएको उल्लेख गरेका छन् ।

दुईदिने भ्रमणको शिलशिलामा भारतीय विदेशमन्त्री जयशंकरले भूटानका राजा जिग्मे खेसर नाम्ग्येल वाङ्चुकलगायत अन्य विशिष्ट व्यक्तिहरुलाई पनि भेटेका थिए ।

भूटान विमस्टेक राष्ट्रहरूको सदस्य भएकाले गत मे ३० मा भएको प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा भुटानी प्रधानमन्त्री पनि सहभागी भएका थिए ।

उनीहरुका बीचमा पनि आपसी हित, साझा चासो र संयुक्त क्रियाकलापहरुका बारेमा छलफल भएको अधिकारीहरुले जनाएका छन् ।

गत मे ३१ तारिखका दिन भारतको विदेश मन्त्रालयको जिम्मेवारी पाएका जयशंकरले भूटान भ्रमणका क्रममा उनका समकक्षी डा तान्डी दोर्जीसँग पनि भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति: Jun 8, 2019

प्रतिक्रिया दिनुहोस्