Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ दर्जनको भ्रमण टोली सहित प्रधानमन्त्री ओली आजदेखि युरोप भ्रमणमा, साथमा सिके राउत पनि

तीन दर्जनको भ्रमण टोली सहित प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि युरोप भ्रमणका लागि प्रस्थान गर्दैछन् । ८ दिने भ्रमणका लागि प्रधानमन्त्री शनिबार साँझ ७ बजे युरोप प्रस्थान गर्नेछन्।

प्रधानमन्त्री ओली स्विट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्रीको युरोप भ्रमण स्विटजरल्याण्डको जेनेभाबाट सुरु हुनेछ।

अन्तर्राष्ट्रिय श्रम संगठनको १००औं वार्षिकोत्सवलाई प्रधानमन्त्री ओलीले जेठ २७ गते जेनेभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही दिन बेलायत पुग्ने प्रधानमन्त्रीले ३ दिन बेलायतमा बिताउनेछन्।

जेठ २८ मा बेलायती प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। त्यसअघि बेलायतमै जेठ २७ मा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

बेलातमै प्रधानमन्त्री ओलीले बेलायती संसदीय समितिाई सम्बोधन गर्ने बताइएको छ।जेठ २९, ३० र ३१ गते फ्रान्सको भ्रमण गरी अर्को आइतबार स्वदेश फर्कने प्रधानमन्त्रीको कार्यतालिका बनेको छ।

फ्रान्सको भ्रमणको क्रममा नेपाल-फ्रान्सबीचको दौत्य सम्बन्ध स्थापना भएको ७०औं वार्षिक उत्सबमा विभिन्न कार्यक्रम आयोजना हुने भएको छ।

प्रधानमन्त्रीको भ्रमणकै क्रममा नेपाल भ्रमणबाट २०२० लाई लक्षित गरी युरोपमा विभिन्न कार्यक्रम आयोजना हुनेछ। प्रधानमन्त्रीको टोलीमा जेनेभासम्म करिब तीन दर्जनको टोली हुने बताइएको छ।

बेलायत पुग्ने क्रममा भने २४ जना प्रधानमन्त्रीको साथमा हुनेछन्।

http://45.77.46.207/2019/06/92644/

प्रकाशित मिति: Jun 8, 2019

प्रतिक्रिया दिनुहोस्