Logo
१२ बैशाख २०८१, बुधबार
(June 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मदन भण्डारी स्पोट एकेडेमीद्वारा ४-१को फराकिलो जीत हासिल

सुनसरी :  सुनसरीको भलुवामा जारि ७औँं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको बिहीवार भएको दोश्रो सेमीफाइनल खेलमा मदन भण्डारी स्पोट एकेडेमी काठमाण्डौंले चारतारे क्लब लेटाङ मोरङलाइ ४-१ फराकिलो गोल अन्तरले पाखा लगाउँदै उपाधि नजिक पुगेको छ ।

खेलको पहिलो हाफको १६ औं मिनेट र ३८ औं मिनेटमा सुसिल लामा र अजित गुरुङले मदन भण्डारी स्पोट एकेडेमीका तर्फबाट गोल गरेका थिए भने दोश्रो हाफको ५४ औ मिनेट र ६९ औं मिनेटमा मदन भण्डारी स्पोट एकेडेमीका यानिक ओवानाले २ गोल गर्दै आफ्नो टिमलाइ फाइनलमा पुगाए ।

चारतारे क्लब लेटाङ मोरङका राजिव लोकचनले दोश्रो हाफको ८१ औ मिनेट सान्तवना १ गोल गरे । खेलमा मदन भण्डारी स्पोट एकेडेमीका सुसिल लामा म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार र मेडल प्राप्त गरे ।

शनिवार फाइनल खेलमा संयूक्त यूवा क्लब सिमरीया र मदन भण्डारी स्पोट एकेडेमी काठमाण्डौं बिच उपाधिकालागि प्रतिस्प्रर्धा हुनेछ । बिजेताले उपाधि सहित ३ लाख र उपबिजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

प्रकाशित मिति: Jun 7, 2019

प्रतिक्रिया दिनुहोस्