Logo
४ बैशाख २०८१, मंगलबार
(June 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाइराख्नुहोस् : स्वादिलो तामाका यस्ता छन् फाइदाहरु

काठमाडौँ : आलु-तामा भनेपछि मुख नरसाउने को होला ? बाँसको तामा स्वादका हिसाबले जति मीठो हुन्छ, यो स्वस्थ्यका लागि पनि उत्तिकै लाभदायक छ । बजारमा केतुकेलगायत विभिन्न वनस्पतिका तामा पाइए पनि बाँसको तामाको सिजन भनेको वर्षयाम नै हो ।

त्यही तामा मानिसको स्वास्थ्का लागि कत्तिको फाइदाजनक छ हेरौँ :

-बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्याउँछ ।

-तामामा कम कार्बोहाइड्रेड हुन्छ त्यसैले यो मधुमेह रोगीका लागि फाइदाजनक छ ।

-तामाको परिकार नियमित खाने व्यक्तिलाई क्यान्सरको जोखिम कम हुन्छ ।

-ग्यास्ट्रिक र अल्सरका रोगीका लागि पनि तामा उत्तम हुन्छ ।

-पिसाबको संक्रमण भएमा तामा खाँदा यसले औषधिको काम गर्छ ।

-पाचन प्रक्रियामा तामाले राम्रो फाइदा दिन्छ ।

-रक्तचाप नियन्त्रणमा राख्न भूमिका खेल्छ ।

-गर्भवती महिलालाई ८ महिनापछि तामा खुवाउनाले बच्चा समयमा जन्मिन्छ ।

-तामा खाएमा मुटुसम्बन्धी रोगको सम्भावना कम हुन्छ ।

-फोक्सोसम्बन्धी रोगमा तामा लाभदायक छ ।

-कोलस्ट्रोल सन्तुलनमा राख्न मद्दत गर्छ ।

-दमलगायत श्वासप्रश्वासका रोगीलाई तामा खुवाउँदा रोग निको हुन्छ ।

-विभिन्न घाउ तथा चोट ठीक गर्न तामा उपयोगी छ ।

प्रकाशित मिति: Jun 6, 2019

प्रतिक्रिया दिनुहोस्