Logo
७ बैशाख २०८१, शुक्रबार
(June 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ औँला भएको व्यक्तिजस्तै रोबोट बनाउने तयारीमा

जो मानिसको हातमा अथवा खुट्टामा ६ औंला हुन्छन्, उनीहरुले ५ औंला हुनेभन्दा राम्रो काम गर्छन् । यो पछिल्लो समय जर्मनीको विश्वविद्यालयमा गरिएको एक अध्ययनले निकालेको निष्कर्ष हो  ।

जर्मनीको विश्वविद्यालय युनिभर्सिटी अफ फ्रिबर्ग एन्ड इम्पेरियल कलेजले निकालेको यो निष्कर्षमा ६ औंला हुने मानिसको मस्तिष्क तेज चल्ने बताइएको छ । यसलाई पहिले कुनै बिमारी मानिने भए त्यो सोच हटाउनु पर्ने भन्दै अध्ययनमा ८ सय व्यक्तिमा एक व्यक्तिमा यस्तो हुने र ५ सय व्यक्तिमा एक जनाले चाहिँ सर्जरी गरेर त्यसलाई निकाल्न खोज्ने बुझिएको छ ।

यो अनुसन्धानले त कतिसम्म निष्कर्ष निकालेको छ भने अब बन्ने रोबोटहरुमा पनि ६ औंला राखिने बताइएको छ । रोबोटमा पनि ६ औंला भएमा रोबोटले अझ तेज गतिमा काम गर्ने उनीहरुको विश्वास छ ।

नेचर कम्युनिकेसन नामको एक म्यागजिनमा प्रकाशित रिपोर्टअनुसार ६ औंला हुने मानिसहरुले टाइपिङ मात्र होइन, पुस्तकका पाना पल्टाउन पनि सहजै हुने निष्कर्ष निकालिएको छ ।

प्रकाशित मिति: Jun 6, 2019

प्रतिक्रिया दिनुहोस्