Logo
८ बैशाख २०८१, शनिबार
(June 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलादेशमाथि न्युजिल्याण्डको सहज जीत

जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत बुधबार राति सकिएको खेलमा न्युजिल्याण्डले जित निकालेको छ । न्युजिल्याण्डले बंगलादेशलाई २ विकेटले हराएको हो ।

ओभलमा भएको खेलमा २४५ रनको लक्ष्य न्युजिल्याण्डले ४७ ओभर एक बलमा ८ विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि रोस टेलर ८२, कप्तान केन विलियम्सनले ४० तथा मार्टिन गुप्टिल र जेम्स नीशमले समान २५-२५ रन बनाए । बंगलादेशका मेहिदी हसन मिर्जा, शकिब अल हसन, मोहम्मद शैफुद्दिन र मोसाद्देक हुसैनले समान २-२ विकेट लिए ।

यसअघि न्यूजील्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको बंगलादेश ४९ ओभर दुई बलमा अलआउट हुँदै २४४ रन बनाएको हो ।

बंगलादेशका शकिब अल हसनले सर्वाधिक ६४ रन बनाए । यस्तै मोहम्मद सैफुद्दिनले २९, मोहम्मद मिथुनले २६, सौम्य सरकारले २५, तमिम इम्वालले २४, महमुदुल्लाहले २० र मुश्फीर रहिमले १९ रन जोडे ।

बलिङतर्फ न्यूजिल्याण्डका म्याट हेनरीले सर्वाधिक ४ विकेट लिए। यस्तै ट्रेन्ट बोल्टले २ तथा लकी फर्गुसन, कोलिन डि ग्रान्धोम र मिचेल सान्टनरले समान १-१ विकेट लिए ।

प्रकाशित मिति: Jun 6, 2019

प्रतिक्रिया दिनुहोस्