Logo
८ बैशाख २०८१, शनिबार
(June 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोहितको शतक : एकदिवसीय विश्वकप क्रिकेटमा भारतको प्रथम जीत

भारतले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ। बुधबार भएको खेलमा दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गरेको हो।

दक्षिण अफ्रीकाले दिएको २२८ रनको मध्यम लक्ष्य भारतले ४७ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो। भारतको जीतमा रोहित शर्माले शतकीय इनिङ्स खेले। उनीे ११२ रनमा अविजित रहे। रोहितको शतकका कारण भारत आफ्नो पहिलो जीत हासिल गर्न सफल भएको हो ।

यस्तै महेन्द्र सिंह धोनीले ३४ रन जोड्दा लोकेश राहुलले २६ रन बनाए। कप्तान विराट कोहली १८ रनमा आउट हुँदा शिखर धवन ८ रनमा पेभेलियन फर्किए। हार्दिक पाण्डयले अविजित १५ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२७ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले सर्वाधिक ४२ रनको योगदान गरे । यस्तै कप्तान फाफ डु प्लेसिसले ३८, एण्डिले फेलुकवाओले ३४, डेभिड मिल्लरले ३१ तथा कागीसो राबडाले ३१ रनको योगदान गरे ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न भारतका युजभेन्द्र चाहलले ४ विकेट हात पारे। यस्तै जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले समान २-२ विकेट लिए।

 

प्रकाशित मिति: Jun 6, 2019

प्रतिक्रिया दिनुहोस्