Logo
१२ बैशाख २०८१, बुधबार
(June 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहानीपख उठेर मुख धुँदा ख्याल राख्नुपर्ने यी १० आवश्यक कुराहरु

मानिसको पहिलो परिचय उसको अनुहार हो । अनुहार राम्रो भएको व्यक्ति सबैको नजरमा पर्छ । यदी अनुहारमा कुनै दाग वा खत भए पनि उ सबैको नोटिसमा पर्छ ।

यस्तो संवेदनशील भाग अनुहार दैनिक सफा गर्नुपर्छ । तर थोरै असावधानीले अनुहारमा हानी पनि पुग्नसक्छ । त्यसैले अनुहारलाई जोगाइराख्न तपाईले थोरै सावधानी अपनाउनै पर्छ । बिहानै सबेरै उठेपछि सबैको मुखधुने बानी हुन्छ । यो राम्रो हो । तर अनुहारलाई अझ राम्रो, मुलायम र सफा बनाउन मुख धुने बेलामा धेरै ख्याल गर्न आवश्यक छ ।

मुख धुदा ख्याल गर्नुपर्ने टिप्स :

१.  मुख हल्का मन तातो पानीले धुनुपर्छ ।
२. अनुहारको छाला धेरै नै नरम हुने भएकाले बढी रगेडिएमा असर पर्छ ।
३.  मुख धोएपछि नरम र सफा कपडाले अनुहार पुछ्नु पर्छ । पुछ्दा पनि धेरै रगेड्नु हुँदैन ।
४.  अनुहारको मसाज राम्रो मानिएपनि राम्रो र फाइदा गर्ने तेलको प्रयोग गर्नुपर्छ ।
५.  हतारमा सफा र मसाज गर्नु हुँदैन । ध्यान दिएर अनुहारको सफाइ गर्नुपर्छ ।
६.  अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग गर्नु हुँदैन ।
७.  फेसवास अथवा साबुन पानीले धुदा धेरै रगेड्नु हुँदैन ।
८.  अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनु राम्रो मानिन्छ ।
९.  अनुहारमा लगाउने क्रिम वा कुनै उत्पादन छालाको प्रकृति अनुसार मिल्ने खालको हुनुपर्छ ।
१०.  अनुहारलाई हानी पुर्‍याउने क्लिनरको कहिल्यै प्रयोग गर्नुहुँदैन ।

प्रकाशित मिति: Jun 5, 2019

प्रतिक्रिया दिनुहोस्