Logo
१५ चैत्र २०८०, बिहीबार
(June 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल आइडल रविको ‘दिलको फ्रेममा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं :  दोस्रो नेपाल आइडल रवि ओडको स्वरमा रहेको नयाँ गीत ‘दिलको फ्रेममा’ म्यूजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा ओडलाई गायिका पुष्पा पौडेलले स्वरमा साथ दिएकी छन् ।

दीपक शर्मा रहेको गीतको भिडियो सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा पुष्पल खड्का र आँचल शर्मा देखिएका छन् । भिडियोमा युवापुस्ताको माया प्रेम र रोमान्टिक अवस्थालाई गज्जबसँग देखाउन खोजिएको छ ।

गीतको भिडियोमा गायक ओड पनि अभिनय देखिएका छन् । भिडियो सार्वजनिक गरिएको २४ घण्टा नबित्दै करिब साडे २ लाख बढी दर्शकको माया पाउन सफल भएको छ ।

प्रकाशित मिति: Jun 5, 2019

प्रतिक्रिया दिनुहोस्