Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जब एक युट्युबरले प्रयाङको नाममा गरिबलाई बिस्कुटमा टुथपेष्ट राखेर खानदिएपछि…

अहिले सामाजिक सञ्जालमा हिट हुन अनेक हतकाण्ड अपनाउने चलन निकै बढिरहेको छ । चाहे त्यो प्रयाङक गरेर होस वा अन्य कुनै माध्यमबाट । तर कहिलेकाही चर्चामा आउन गरिने यो हतकाण्डले मानिसहरुले जेलको कालो कोठरीको बास बस्नु पर्ने हुन्छ भन्ने प्रमाणित हुदै आएको छ यस्तै उदाहरण स्पेनमा पनि भएको छ ।

एक जना युट्युवरले प्रयाङक गर्ने योजना बनाएर एक जना घरबार बिहिन गरिवलाई विस्कुटको प्याकेज किनेर बिस्कुटको क्रिम निकालेर टुथपेस्ट राखेर खान दिन्छन् । जर्ज नाम गरेका ती गरिबले बिस्कुट खाँदै गर्दा अचानक उनको स्वास्थ्य अवस्था बिग्रन्छ अनि ढल्छ । प्रयाङक गर्ने चर्चित युट्युवर कंघुआ रेनले तब सम्म सबै गतिविधीहरुको भिडियो बनाईरहेका थिए ।

जब ती जज नाम गरेका गरिब ढल्छन् तब उनले भन्छन् “मैले सायद आफनो सिमा नाघे तर सकरात्मक पक्ष यो छ की यसले गरिब मानिसको दाँत सफा भयो र अब उसले दाँत सफा गर्न कुनै डेन्टिस्टकोमा जानु पर्दैन” ।

उनको उक्त भिडियो यति भाईरल बन्यो की प्रहरीले उनलाई प्रक्राउ नै गर्यो। जुन भिडियोबाट उनले २२०० डलर कमाएका थिए । उनलाई गरिबको अपमान गरेको , खिल्ली उडाएको र नैतिकता नै नभएको काम गरेको भन्दै उनलाई प्रक्राउ गरिएको हो ।

त्यतीमात्र होईन कंघुआ रेनले प्रयाङक भन्दै स्कुलका बच्चा तथा बृद्धृबृद्धाहरुलाई बिरालोको दिशा खुवाउने सम्म काम गरेको आरोप लगाएको थियो । यस्तै आरोपहरुकाबीच प्रक्राउ परेका कंघुआ रेनलाई अदालतले गरिब मानिसलाई दुख दिएको भन्दै डेढ बर्षको जेल सजाय सुनाईएको छ भने २२ हजार डलर क्षतिपुर्ति दिन समेत अदालतले आदेश दिएको छ । साथै कंघुआ रेनको सबै सामाजिक सञ्जाल तथा युट्युव ५ बर्षसम्मका लागि बन्द गरिदिएको छ ।

प्रकाशित मिति: Jun 5, 2019

प्रतिक्रिया दिनुहोस्