Logo
११ बैशाख २०८१, मंगलबार
(June 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभरका मुसलमान ‘इद उल फित्र’ पर्व मनाउँदै : राष्ट्रपति, प्रधानमन्त्री तथा मुख्यमन्त्रीहरुको शुभकामना

इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उलफित्र’ अवसरमा काठमाडौँको घण्टाघरस्थित जामे मस्दिजमा नमाज पढदै । तस्बिर : रोशन सापकोटा
वीरगन्ज छपकैयामा बुधबार एक अर्कालाई अंगालो मार्दै इद उल फित्र(इद)को शुभकामना साटा–साट गर्दै मुस्लिम युवा । तस्वीर : बिजयकुमार महतो

दशौँ महिनाको पहिलो दिन अरबी पात्रो हिजरी संवत अनुसार बुधबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् ।

आशिर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ । काठमाडौँका मस्जिदमा बुधबार बिहान नमाज पढेर शुभकामना आदान प्रदान गरी इद उल फित्र मनाएका छन् ।

विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । सरकारले आज सार्वजनिक विदा दिएका छन् भने राष्ट्रपति प्रधानमन्त्री तथा मुख्यमन्त्रीहरुले पनि इद उल फित्र पर्वको शुभकामना दिएका छन् ।

वीरगन्जको छपकैया इदगाहमा बुधबार इद उल फित्र(इद)को नमाजका क्रममा सबै नेपालीको सुःख, शान्ति र समृद्धीको मंगल कामना गर्दै मुस्लिम समुदाय ।तस्वीर: बिजयकुमार महतो

इद उलफित्रले सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि गरोस् : उपपराष्ट्रपति
यसैबीच, उपराष्ट्रपति नन्दबहादुर पुनले इद उलफित्र पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ् गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

इस्लाम समुदायको महान वर्प इद उलफित्रको अवसरमा आज शुभकमना व्यक्त गर्दै उहाँले यस पर्वले नेपालका सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानमा लाग्न सबैलाई प्रेरणा देओस् भनी कामना गर्नुभएको छ ।

उपराष्ट्रपतिले इद उलफित्रका अवसरमा नेपालका सम्पूर्ण मुस्लिम समुदाय र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री राईद्वारा इद उलफित्रको शुभकामना
त्यस्तै  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उलफित्रको उपलक्ष्यमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

आज जारी शुभकामना सन्देशमा उहाँले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने यस्ता पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र धार्मिक समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको भाव प्रवद्र्धन गर्दै ऐतिहासिक एवं मौलिक संस्कृति र परम्परा संरक्षण तथा संवद्र्धन गर्न महत्वपर्ण योगदान पुर¥याउँदै आएको उल्लेख गर्नुभयो ।

हाम्रो मुलुकमा मनाइने यी र यस्ता चाडपर्वको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य भएको उहाँले उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री लालबाब् राउतको विज्ञप्ती : 

प्रकाशित मिति: Jun 5, 2019

प्रतिक्रिया दिनुहोस्