Logo
१५ चैत्र २०८०, बिहीबार
(June 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईसीसी विश्वकप क्रिकेटमा श्रीलंकाको पहिलो जीत, अफगानिस्तान ३४ रनले पराजित

काठमाडौ : आईसीसी एकदिवशीय विश्वकपमा श्रीलंकाले दोस्रो खेलमा पहिलो जीत हासिल गरेको छ । पहिलो खेलमा न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको श्रीलंकाले अफगानिस्तानबिरुद्ध डकवर्थ लुइस नियमका आधारमा ३४ रनको जित आत्मसाथ गरेको हो ।

वर्षाले प्रभावित भएपछि ४१ ओभरमा झारिएको खेलमा १ सय ८७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३२ दशमलव ४ ओभरमा १५२ रनमा समेटिएपछि श्रीलंकाको ३४ रनको जित निश्चित भएको हो ।

अफगानिस्तान भने विश्वकपमा अझै जितको खोजीमा छ । दुबै टिमले विश्वकपको पहिलो खेलमा हार ब्यहोरेका थिए । अफगानिस्तान अष्ट्रेलियास“ग सात विकेटले पराजित भएको थियो भने श्रीलंका न्यूजिल्याण्डस“ग १० विकेटले हारेको थियो । अफगानिस्तानका लागि नाजिवुल्लाह जदरानले सर्बाधिक ४३ रन जोडे । ३१.५ ओभरमा कप्तान करुणारत्नेबाट रनआउटको शिकार हुनुअघि उनले ५६ बलमा ६ चौका प्रहार गरेका थिए । अफगानिस्तानका ओपनर हज्रतुल्लाह जाजाईले ३० रन जोडे । कप्तान गुल्वादिन नइवले २३ रन जोडे ।

बलिङतर्फ श्रीलंकाका नुवान प्रदीपले ४ विकेट लिए । म्यान अफ द म्याच बनेका उनले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिए । भेट्रान बलर लसिथ मालिंगाले ३ विकेट लिए ।

यसअघि कार्डिफमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाको पारी वर्षाले प्रभावित भएको थियो । करिव २ घण्टा रोकिएर पुनः सुरु भएको खेल ४१ ओभरमा झारिएको थियो । श्रीलंकाले ३६.५ ओभरमा अलआउट हुँदै २०१ रनको स्कोर खडा गरेको थियो । तर, डकवर्थ लुइस नियमका आधारमा अफगानिस्तानलाई १८७ रनको विजय लक्ष्य दिइएको हो ।

श्रीलंकाकाले सुरुआत राम्रो गरेको थियो । कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । करुणारत्ने ३० रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका लहिरु थिरिमान्नेसँग मिलेर कुशलले थप ५२ रनको साझेदारी गरे ।

२१.२ ओभरमा श्रीलंकाको स्कोर १४४ थियो । थिरिमान्ने २५ रनमा आउट भएपछि उसको विकेटपतन सुरु भयो । कुशलले ८१ बलमा ८ चौकाको सहयोगमा ७८ रन बनाउँदा अन्य सबै खेलाडी सस्तैमा आउट भए ।

 

श्रीलंकाबिरुद्ध मोहम्मद नावीले ४ विकेट झारे । उनले ९ ओभरमा ३० रन खर्चे । द्वालात जदरान र रासिद खानले दुर्द दुई विकेट लिँदा हमिद हसनले एक विकेट लिए ।

अफगानिस्तान भने विश्वकपमा अझै जितको खोजीमा छ । दुबै टिमले विश्वकपमा आफ्नो पहिलो खेलमा हार ब्यहोरेका थिए । अफगानिस्तान अष्ट्रेलियासँग सात विकेटले पराजित भएको थियो भने श्रीलंका न्यूजिल्याण्डसँग १० विकेटले हारेको थियो ।

प्रकाशित मिति: Jun 5, 2019

प्रतिक्रिया दिनुहोस्