Logo
५ बैशाख २०८१, बुधबार
(June 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजिनामा दिने तयारीमा लोकसेवाका अध्यक्ष मैनाली : ‘मधेशी नेताहरुले विरोध गर्दैमा विज्ञापन गलत हुदैन’

काठमाण्डौ : लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले आफू राजिनामा दिन तयार रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको एक कार्यक्रममा मैनालीले आफूले गरेको कामको आलोचना भइरहे राजिनामा दिनसक्ने बताएका हुन् ।

पछिल्लो समय आयोगले सार्वजनिक गरेको कर्मचारी भर्नासम्बन्धी विज्ञापनको आलोचना गर्नेहरुले नियम नै नबुझेको मैनालीको दावी छ । संविधान र नियमअनुसार नै निकालिएको विज्ञापनलाई अनावश्यक रुपमा लगत प्रचार गरिएको मैनालीको जिकिर छ ।

मधेशी दलका नेताहरुले विरोध गर्दैमा विज्ञापन गलत ठहर हुन नसक्ने उनले बताए । कर्मचारी भर्नासम्बन्धी विज्ञापन रद्ध गर्ने हो भने लाखौँ जनता सडकमा उत्रिने र सरकारलाई सकस पर्ने मैनालीको तर्क छ ।

यस्तै अवस्था रहे लोक सेवा आयोग नै विघटन गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

प्रकाशित मिति: Jun 5, 2019

प्रतिक्रिया दिनुहोस्