Logo
७ बैशाख २०८१, शुक्रबार
(June 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युवा समुहद्वारा भानु चोकमा मन्त्री लालबाबु पण्डितको पुतलादहन

जनकपुर :  प्रदेश नम्बर २ को सत्तारुढ दल राजपा नेपाल समर्थित युवाहरुको समुहले मंगलबार सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला दहन गरेका छन् ।

लोकसेवा आयोग नेपालले निकालेको कर्मचारीको विज्ञापन समावेशी समानुपातिक नभएको भन्दै युवाहरूको एक समूहले पुत्लादहन गरेका हुन् । मङ्गलबार जनकपुरस्थित भानु चोकमा सडक जाम गर्दै जनकपुर युथ एक्सन फोर्स तथा लायन्स युथ क्लबले नाराबाजी गर्दै संयुक्तरुपमा मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला दहन गरेका थिए ।

पुत्लादहनको क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा युवा र प्रहरीबीच पुत्ला खोसाखोस समेत भएको थियो । युवाहरुले करिब २० मिनेट सम्म सडक जाम समेत गरेका थिए ।

प्रकाशित मिति: Jun 5, 2019

प्रतिक्रिया दिनुहोस्