Logo
८ बैशाख २०८१, शनिबार
(June 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भलुवा गोल्डकप : मदन भण्डारी स्पोट एकेडेमी काठमाण्डौं सेमिफाइनलमा

सुनसरी : सुनसरीको भलुवामा जारि सातौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको मंगलवार भएको अन्तिम क्वाटर फाइनल खेलमा मदन भण्डारी स्पोट एकेडेमी काठमाण्डौंले रोयल क्लब सिलिगुडी भारतलाइ ट्राइबेकरमा ५–३ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको पहलिो हाफको ३२ औं मिनेटमा मदन भण्डारी स्पोट एकेडेमीका तर्फबाट यानिक ओवानाले १ गोल गरेका थिए भने दोश्रो हाफको ४७ औ मिनेटमा रोयल क्लब सिलिगुडी भारतका अरमान्डो टिटिले १ गोल गर्दै आफ्नो टिमलाइ बराबरीमा पुगाए ।

खेल बराबरी भएपछि ट्राइबेकरमा रोयल क्लब सिलिगुडी भारतका खेलाडी अरमान्डो टिटि गोल गर्नबाट चुकेपछि काठमाण्डौं सेमिफाइनलमा पुगेको हो ।

ट्राइबेकरमा मदन भण्डारी स्पोट एकेडेमीका खेलाडीहरु भिसण
गुरुङ,अजित गुरुङ, मिसन लामा, प्रिसो र यानिक ओवानाले गोल गरे । खेलमा मदन भण्डारी स्पोट एकेडेमी काठमाण्डौंका गोल रक्षक प्रिसो म्यान अफ दि म्याच घोषित भए ।

 

उनले नगद पाँच हजार र मेडल प्राप्त गरे । वुधवारको पहिलो सेमिफाइनल खेल रारा फुटबल क्लब धनकुटा र संयूक्त यूवा क्लब सिमरीया सुनसरीका का बिच हुँनेछ ।

बिहीबारको दोश्रो सेमिफाइनल खेल चारतारे क्लब लेटाङ मोरङ र मदन भण्डारी स्पोट एकेडेमी काठमाण्डौंका बिच हुँनेछ । शनिवार फाइनल खेलमा बिजेताले उपाधि सहित ३ लाख र उपबिजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

प्रकाशित मिति: Jun 4, 2019

प्रतिक्रिया दिनुहोस्