Logo
१३ बैशाख २०८१, बिहीबार
(June 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहवीमा सार्वजनिक सुनुवाइ : मापदण्ड विपरित स्वास्थ्य संस्थाहरुलाइ शिल गर्ने तयारी

सुनसरी/ सुनसरीको दुहवी नगरपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । दुहवी नगरपालिका वडा नम्वर ७ को सुनसरी–मोरङ सिंचाइ भवनमा मंगलबार भएको सार्वजनिक सुनुवाइमा स्थानियवासीहरुले चासो,गुनासो सहितको प्रश्न तथा सुझाव दिएका थिए ।

उनिहरुले दुहवी बजार व्यवस्थापन गर्नुपर्ने, हटिया व्यवस्थापन, फेहोर मैला व्यवस्थापन गर्नुपर्ने लगायतका दुहवीका जल्दा बल्दा समस्याहरु राखे ।

यसैगरि ढिला सुस्ती, लापरवाही, गुणस्तरहिन काम,फितलो अनुगमन, केहि वडाहरुमा खानेपानी समेतको व्यवस्था नभएको, कर्मचारीको अभाव,सुकुम्वासी समस्या समाधान गर्नुपर्ने लगायतका गुनासो गरे ।

उनिहरुले स्वास्थ्य जस्तो संवेदनसिल कुरामापनि दुहवी नगरपालिकाले ध्यान न दिएको गुनासो समेत गरे । दुहवीका अस्पताल, पोलि किल्नीक, औषधी पसलहरु मापदण्ड विपरित रहेको गुनासो गरेका थिए ।

अस्पताल र स्वास्थ्य संस्थाहरुको विषयमा दुहवी नगर स्वास्थ्य प्रमुख उचित नारायण साहले अस्पताल र स्वास्थ्य संस्थाहरुको हालै अनुगमन गरिएकोमा केहिलाइ सुधारकोलागि समय दिएको र दुहवी ३ स्थित इजि केयर पोलि किल्नीक, र केहि औषधी पसल मापदण्ड विपरित सञ्चालन गरेको पाइएकोले चाँडैनै शिल गर्ने तयारी गरेको जनाए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा दुहवी नगर प्रमुख बेदनारायण गच्छदारले यस आर्थिक वर्षमा चालु र पुजींगत बजेट तर्फ ९० प्रतिशत खर्च भइसकेकोले चित्त बुझ्दो काम भएको जनाए ।

दुहवी नगर प्रमुख गच्छदारले नगर स्तरिय महत्वकांक्षि योजनाको विषयमा जानकारी दिंदै दुहवीलाइ तिव्र शहरीकरण गर्नकालागि १० वर्षे गुरु योजनाको डिपिआर तयार भैसकेकोले व्यवस्थित हाट बजार, पशु बधशाला, रंगशाला, बसपार्क, वाटर पार्क, रिङ रोड, कृषिमा आधारित वस्तुहरुको प्रशोधन केन्द्र, दुध प्रशोधन केन्द्र लगायतको काम यसै आर्थिक वर्षबाट सुरु हुँने जानकारी दिएका छन । सुकुम्वासी समस्या समाधान गर्नकालागि नगर प्रमुख आवास योजनाको समेत काम सुरु भएको जानकारी दिए ।

स्थानीय निकायबाट उपलब्ध सेवा वस्तु र सुविधाका सम्बन्धमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरिकहरुबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्ने दुहवी नगर प्रमुख गच्छदारले जनाए । यसकासाथै दोहोरो संम्वादबाट सेवा प्रदायक र सेवाग्राही बीचको दुरी कम गरी सेवा वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति समेत दिने मेयर गच्छदारले जनाए ।

सार्वजनिक सुनुवाईमा दुहवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, वडाध्यक्षहरु समेतले प्रश्नको जवाफ दिएका थिए । दुहवी नगरपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाइ हिमशिखर टेलिभिजनको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा स्थानिय राजनितिक दलका नेता, कार्यकर्ता,बुद्धिजिवि, स्थानियहरु लगायतको उल्लेख्नीय उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: Jun 4, 2019

प्रतिक्रिया दिनुहोस्